गृहपृष्ठ Featured कपिलवस्तुमा छाडा पशुचौपया व्यवस्थापनको लागी सांसद विकले गराईन् सरकारको ध्यानाकर्षण

कपिलवस्तुमा छाडा पशुचौपया व्यवस्थापनको लागी सांसद विकले गराईन् सरकारको ध्यानाकर्षण

प्रकाशित मिति:

वैखरी अनलाईन, बाणगंगा ।

नेपाली कांग्रेसकी सांसद रूपा विश्वकर्माले कपिलवस्तुमा छाडा पशुचौपयाको समस्या विकराल बन्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद विश्वकर्माले यस्तो बताएकी हुन् ।

उनले सर्वसाधरण दिनहुँ अनेकौं सास्ती खेप्दै जोखिमपुर्ण यात्रा गर्न बाध्य रहेको बताईन् । हालसम्म छाडा पशुचौपयाकै कारण दुर्घटनामा परि कयौ घाईते भएको बताउँदै उनले भनिन्, ‘कतिपयले ज्यान गुमाएको अवस्था छ । किसानले लगाएको बालीनालीहरु खाएर सखाप भएका छन् ।’

बालीहरुको संरक्षणका लागी किसानहरु रातभर जगराम बस्नुपर्ने स्थिति रहेको उनले बताईन् । कृषिमन्त्री आफ्नो गृह जिल्ला कपिलवस्तुमा मन्त्री भईसकेपछि ५ पटक गएको बताउँदै उनले प्रश्न गरिन्, ‘जिल्लाको अवस्था के देख्नुभयो ? के गर्नुभयो ? के निकास आयो ?

सम्बन्धित् समाचार