गृहपृष्ठ Featured बुद्धभूमि- ५ का स्थानीय सरसफाई अभियानमा कस्सिए

बुद्धभूमि- ५ का स्थानीय सरसफाई अभियानमा कस्सिए

प्रकाशित मिति:

वैखरी अनलाईन, बुद्धभूमि ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिका- ५ का स्थानीयहरु स्वयम् सरसफाई अभियानमा लागेका छन् । आफ्नो घर, टोल र सार्वजनिक स्थलहरुको सरसफाई गर्दै थारु बस्तीका स्थानीयहरु स्वयम् अभियानमा लागेका हुन् । बर्षायाममा कुलोहरु जमेको र त्यसले डेंगु जस्ता विभिन्न किसिमका रोगहरु फैलिने जोखिमहरु बढेकाले स्थानीयहरु नै जगरुक भएर स्वयम् सरसफाई गर्न अग्रसर देखिएका वडाध्यक्ष रोमबहादुर थापाले बताए ।

वडाध्यक्ष थापाले सोमबार आफुले सरसफाई गर्न सुझाव दिएको र आज नै स्थानीय गणेश थारुको नेतृत्वमा सरसफाई भएको जानकारी दिए । यसरी वडालाई स्वच्छ बनाउन स्थानीयहरु नै जागरुक भएर अघि बढ्नुलाई वडाले सकारात्मक रुपमा लिएको वडाध्यक्ष थापाले बताए । यस्ता उदाहरणीय कामले वडावासीमा ज्ञानसंगै चेतनाको स्तरमा वृद्धि भएको पुष्टि गर्ने उनको भनाई छ ।

वडालाई सुन्दर हरियाली बनाउने अभियानमा आफुहरु लागीरहेको अवस्थामा जनस्तरबाटै यस किसिमको सहयोग प्राप्त हुनु निकै राम्रो संकेत भएको बताए ।

उनले आफुहरुको अभियानलाई यस्ता कामले सफल तुल्याउन महत्वपुर्ण भूमिका निर्वाह गर्ने भन्दै खुशी व्यक्त गरेका छन् ।

सम्बन्धित् समाचार