गृहपृष्ठ Featured लुम्बिनी सभा बैठक : निजामती कर्मचारी विधेयकको प्रतिवेदन पेश

लुम्बिनी सभा बैठक : निजामती कर्मचारी विधेयकको प्रतिवेदन पेश

रूपन्देही ।

लुम्बिनी प्रदेशसभाको आज बसेको २४ औं बैठकमा ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकको प्रतिवेदन पेश भएको छ । प्रदेश मामिला तथा कानुन समितिका ज्येष्ठ सदस्य सुधाखर पाण्डेयले विधेयकका विषयमा बनेको प्रतिवेदन सभामा पेश गरेका हुन् ।

यसअघि विधेयकमा दफाबार छलफलका लागि प्रदेश मामिला तथा कानुन समितिमा पठाएको थियो । समितिले उपसमिति गठन गरेर राय सुझाव समेत संकलन गरेको थियो । सुझावको आधारमा प्रतिवेदन तयार पारिएको थियो ।

सभामा प्रतिवेदन पेस भएको २४ घण्टापछि बस्ने अर्को बैठकले विधेयक पास गर्न सक्ने प्रदेश सचिव दुर्लभकुमार पुनले जानकारी दिए । विधेयक पास गर्नको लागि अर्को बैठक कुर्नुपर्ने देखिएको छ ।

यस्तै बैठकमा विभिन्न विषयगत समितिका सदस्यहरुको नाम हेरफेर सम्बन्धी जानकारी दिइएको छ भने प्रदेश प्रमुखको कार्यालयबाट प्रमाणीकरण भएका विधेयकबारे सभामुखले जानकारी गराएका छन् ।

सम्बन्धित् समाचार