गृहपृष्ठ Featured ‘पोखरा र भैरहवाबाट चीनमा सिधा हवाई उडानका लागि आग्रह’

‘पोखरा र भैरहवाबाट चीनमा सिधा हवाई उडानका लागि आग्रह’

प्रकाशित मिति:

काठमाडौं ।

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले चिनियाँ नेताहरूलाई विश्व शान्ति स्थापनाको लागि दक्षिण एसियामा गरिबी निवारण कार्यक्रम र परियोजना सञ्चालन गर्न सुझाव दिएका छन् ।

बेइजिङस्थित चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय विदेश विभागमा शुक्रबार आयोजित अन्तरक्रिया कार्यक्रममा चीनले गरिबी निवारणका लागि काम गर्नुपर्नेमा जोड दिएका हुन् ।

एमाले प्रचार विभागका अनुसार महासचिव पोखरेलले चीनको सहयोगमा निर्माण भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र चिनियाँ निर्माण व्यवसायीहरूले बनाएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको सिधा उडानका लागि आग्रह गरेका छन् ।

उनने चिनियाँ उद्योगीलाई नेपालमा लगानी गर्न पनि आग्रह गरे ।

सम्बन्धित् समाचार