कपिलवस्तु ।
बिश्व आत्महत्या रोकथाम दिवसको पुर्व सन्ध्यामा कपिलवस्तुमा एक दम्पतिले एकै साथ आत्महत्या गरेका छन । शुक्रवार राति शुद्धोधन गाउँपालिका– ३ कटभरियाका २२ बर्षिय दुर्गेश मल्लाह र उनकी श्रीमति २१ बर्षिया सलोेचना मल्लाले झुन्डीएर आत्महत्या गरेका हुन ।
आफनै घरको कोठामा पंखा झुन्डाउने कुन्डीमा एउटै साडीमा पासो लगाई दुबै जनाले आत्महत्या गरेको ईलाका प्रहरी कार्यालय पकडीका सहायक प्रहरी निरीक्षक बसन्त चन्दले बताए ।
चालु आर्थिक बर्षको साउन देखि भदौ २३ गते सम्म ५५ दिनको अवधिमा जिल्लामा १९ जनाले आत्महत्या गरेर देह त्याग गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।