गृहपृष्ठ Featured कपिलवस्तुमा घाँस काट्ने क्रममा करेन्ट लागेर एक पुरुषको मृत्यु

कपिलवस्तुमा घाँस काट्ने क्रममा करेन्ट लागेर एक पुरुषको मृत्यु

कपिलवस्तु ।

कपिलवस्तुमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । शिवराज नगरपालिका- १ मा रुखमा चढेर घाँस काट्ने क्रममा करेन्ट लागेर आइतबार अन्दाजी ५० बर्षीय धन बहादुर थापाको मृत्यु भएको हो ।

बिहान पानी परिरहेकोले रुखमा चढेको समय करेन्ट लगेको बताइएको छ । उनको घटना स्थलमै मृत्यु भएको हो । उनले विगत केही समय देखि स्थानीयहरूलाई घाँस दाउरा दिएर खाने बस्ने गरेका थिए ।

थापाको शवलाई पोष्टमार्टको लागि जिल्ला अस्पताल तौलिहवा लगिएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

सम्बन्धित् समाचार