विलियम्सनसँगै फास्ट बलर टिम साउदी चौथो पटक वानडे विश्वकप खेल्ने तयारीमा छन् । दुई युवा खेलाडी मार्क च्यापमान र रचिन रभिन्द्र पनि टिममा समावेश छन् ।
शीर्ष क्रमका ब्याटर फिन एलेन र ब्याकअप विकेटकिपर टिम सेइफर्ट भने टिममा अटाएनन् । टम लाथम एक्लो विकेटकिपरका रुपमा टिममा छन् । इंग्ल्याण्ड टुरका क्रममा घाइते भएका एडम मिल्ने पनि टिममा छैनन् ।
न्युजिल्याण्डका प्रशिक्षक ग्यारी स्टिडले अन्तिम टोली छनोट गर्न केही कठिन भए पनि टिममा अनुभवी र युवा खेलाडीको मिश्रण रहेको र विश्वकपमा आफ्नो टिमलाई प्रतिनिधित्व गर्नु ठूलो सम्मान हुने बताएका छन् ।
विश्वकप आगामी अक्टोबर ५ देखि नोभेम्बर १९ सम्म भारतमा हुँदैछ ।
न्युजिल्यान्डको टिम : केन विलियम्सन (कप्तान), ट्रेन्ट बोल्ट, मार्क च्यापम्यान, डेभोन कनवे, लकी फर्गुसन, म्याट हेनरी, टम लाथम, डारेल मिचेल, जिम्मी निशम, ग्लेन फिलिप्स, रचिन रविन्द्र, मिचल स्यान्टनर, इश सोधी, टिम साउदी, विल योङ