गृहपृष्ठ Featured एकदिवसीय क्रिकेट : विराट बने सबैभन्दा छिटो १३ हजार रन पूरा गर्ने खेलाडी

एकदिवसीय क्रिकेट : विराट बने सबैभन्दा छिटो १३ हजार रन पूरा गर्ने खेलाडी

काठमाडौं ।

भारतीय टिमका ब्याटर विराट कोहली एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो १३ हजार रन बनाउने खेलाडी बनेका छन् ।

श्रीलंकाको आर प्रेमादसा रंगशालामा पाकिस्तानविरुद्ध ९८ रन बनाएसँगै कोहलीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो १३ हजार रन पूरा गरेका हुन् ।

विराटले २६७ इनिङ्समा १३ हजार रन पूरा गरेका हुन् । विराटले यसअघि भारतकै पूर्व ब्याटर सचिन तेन्दुल्करको नाममा रहेको सचिनको नाममा रहको ३२१ इनिङ्समा १३ हजार रन पूरा गरेका थिए ।

यो सूचीको तेस्रो स्थानमा रहेको अस्ट्रेलियाका पूर्वब्याटर रिकी पोन्टीङ ३४१ इनिङ्समा १३ हजार रन पूरा गरेका थिए ।

सम्बन्धित् समाचार