गृहपृष्ठ Featured बाणगंगा नगरपालिका वनसंग सहकार्य गरेर अघि बढ्न तयार छ : मेयर अर्याल

बाणगंगा नगरपालिका वनसंग सहकार्य गरेर अघि बढ्न तयार छ : मेयर अर्याल

प्रकाशित मिति:

सागर वि.क., वैखरी अनलाईन ।

श्रृङ्गीघाट सामुदायिक वन उपभोक्ता समूहको ११ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । ‘रुख रोपौं, वन जोगाऔं’ भन्ने मूल नाराका साथ उक्त बार्षिक साधारण सभा सोमबार सिद्धार्थ क्याम्पसको सभाहल बुङ्चीमा सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले बाणगंगाभित्र झन्डै ३ दर्जन सामुदायिक वन र ३ वटा धार्मिक वनहरु स्थापित भएको बताए । ‘विगतमा ऐन कानुनमा नै स्थानीय तहसंग समन्वय नगरि पनि काम गर्न सक्ने प्रावधान थियो । तर अहिले जारी वन ऐनहरुले स्थानीय तहसंग समन्वय गरि अघि बढ्ने गरि व्यवस्था गरेको छ,’ उनले भने ।

उनले सामुदायिक वनहरुको नियमन् गर्ने अधिकार डिभिजन वन कार्यालय, सवडिभिजन वन कार्यालयसंगै स्थानीय तहलाई पनि प्राप्त भएकाले नगरपालिका वनसंग सहकार्य गरेर अघि तयार रहेको बताए । उनले वनसम्बन्धि जारी ऐन नियमहरुमा समावेश प्रावधानहरुको सबैले अध्ययन गर्नुपर्ने बताए । उनले वनमार्फत हुने आम्दानीबाट हुने विकास निर्माणलाई गुणस्तर बनाउन आग्रह गरे ।

कार्यक्रमकी विशिष्ट अतिथि वैज्ञानिक वन व्यवस्थापन उपभोक्ता महासघकी केन्द्रिय अध्यक्ष रेनु सेनले वनको दिगोपन विकासले भविष्यका पुस्ताका लागि रोजगारीको अवसर सिर्जना गर्ने दाबी गरिन् । बनको संरक्षण र संवर्धनमा स्थानीय उपभोक्ता नै जागरुक भई समुदायको दिगो विकासमा लाग्नुपर्ने उनको भनाई छ ।

कार्यक्रममा बोल्ने वक्ताहरुले वनले आर्थिक पारदर्शीतामा विशेष ध्यान दिन आवश्यक रहेको बताएका थिए । उनीहरुले उपभोक्ताहरुको हक हितका लागी वनले अझै राम्रो काम गर्दै जाने विश्वास व्यक्त गरेका छन् ।

वनका अध्यक्ष गणेश बहादुर सिंह ठकुरी(सुसिल) ले उक्त कार्यक्रममा बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सो क्रममा उनले आर्थिक बर्ष २०८०/८१ को प्रस्तावित आम्दानी र खर्च विवरण प्रस्तुत गरेका थिए । उनले १० करोेड २९ लाख ११ हजार एक सय ८ रुपैयाँको प्रस्तावित आय प्रस्तुत गरे । कार्यक्रममा वनकी सचिव कमला सेन(सुष्मा खाँण) ले आर्थिक बर्ष २०७९/८० को प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिईन् ।

उनले वनको समग्र परिचयदेखि संचालनमा आएका कार्यक्रमहरु, वनका उद्देश्य, कार्यसमितिका निर्णय, वनका चुनौति आदिको बारेमा प्रकाश पारिन् । वनका कोषाध्यक्ष हरि प्रसाद पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने लेखा संयोजक कृष्ण प्रसाद पौडेलले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरे ।

सामुदायिक बन उपभोक्ता महासंघका लुम्बिनी उपाध्यक्ष हुमनाथ भट्टराई, वैज्ञानिक बन व्यवस्थापन महासंघ लुम्बिनी अध्यक्ष दिपक थापा, बाणगंगा नगरपालिका ३ का वडा अध्यक्ष टेक बहादुर झेडी मगर, वडा नम्बर ४ का वडा अध्यक्ष छविलाल रेश्मी मगर, वडा नम्बर ६ का वडाअध्यक्ष करण टण्डन कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरे, कपिलवस्तु नागरिक समाजका अध्यक्ष दोलख बहादुर पछाई, नेपाल कांग्रेस बाणगंगाका सभापति विष्णु थापा, नेपाल पत्रकार महासंघका उपाध्यक्ष हरि अधिकारी लगाएतको आतिथ्यता रहेको थियो ।

वनका अध्यक्ष गणेश बहादुर सिंह ठकुरी(सुसिल) को अध्यक्षता र सचिव कमला सेन(सुष्मा खाँण) को संचालनमा सम्पन्न उक्त कार्यक्रममा वनका उपाध्यक्ष वुद्ध बहादुर शाहीले स्वागत मन्तव्य राखेका थिए ।

सम्बन्धित् समाचार