गृहपृष्ठ Featured सुवासजी हितैषी मित्र र सुखदुःखको साथी हुनुहुन्थ्यो : केपी ओली

सुवासजी हितैषी मित्र र सुखदुःखको साथी हुनुहुन्थ्यो : केपी ओली

काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुवास नेम्वाङ आफ्ना लागि पार्टीको उपाध्यक्ष मात्रै नरहेको भनी स्मरण गरेका छन् ।

‘मेरा लागि उहाँ पार्टीको उपाध्यक्ष मात्र होइन, हितैषी मित्र र सुखदुःखको साथी हुनुहुन्थ्यो,’ आलीले सामाजिक सञ्जालमा लेखेका छन् ।

लोकतान्त्रिक संविधान निर्माण गर्न नेम्वाङले पुर्‍याएको योगदान सधैं सम्झिरहने उल्लेख गर्दै ओलीले लेखेका छन्, ‘मृदुभाषी, विनम्र, शालीन मेरा साथी सुवास नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली !’

संविधान सभा अध्यक्षसमेत रहेका नेम्वाङको गएराति निधन भएको थियो । बाथरुममा बेहोस भएका उनलाई त्रिवि शिक्षण अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

सम्बन्धित् समाचार