गृहपृष्ठ Featured कपिलवस्तुमा सर्पले डस्दाँ विद्यालयका कार्यालय सहयोगीको मृत्यु

कपिलवस्तुमा सर्पले डस्दाँ विद्यालयका कार्यालय सहयोगीको मृत्यु

प्रकाशित मिति:

कपिलवस्तु ।

कपिलवस्तुको विजयनगर गाउँपालिका- ३ पत्थरदेइयामा सर्पले डस्दा आधारभूत विद्यालयका कार्यालय सहयोगीको आज बिहान मृत्यु भएको छ । १८ वर्षीय बैजनाथ भुजको बिहान ६ बजेतिर मृत्यु भएको हो । घरमा सुती रहेको अवस्थामा भुजलाई विषालु सर्पले टोकेको थियो । सर्पले टोके पनि उनलाई र परिवारलाई त्यस बारे जानकारी थिएन ।

मध्यरातमा केही असजिलो भए पछि स्थानीय स्वास्थ्य केन्द्रमा लगिएको थियो । त्यहाँ उनलाई सामान्य औषधी गरेका पछि घर फर्केका थिए । बिहान असहाय पेट दुख्ने र श्वास प्रश्वासमा समेत समस्या आए पछि बुद्धभुमी नगरपालिका– २ सिथत सर्प दंश उपचार केन्द्रमा लगिएको थियो ।

त्यहाँ उनको उपचार संभव नभए पछि प्रादेशिक अस्पताल बुटवल पठाइएको थियो । बुटवल तर्फ जानेक्रममा बाटामै भरको मृत्यु भएको केन्द्रका व्यवस्थापक नवीन भण्डारीले बताए । उपचारका लागि केन्द्रमा ल्याउन ढिलाइ गर्दा भरको मृत्यु भएको भण्डारीले बताए ।

सम्बन्धित् समाचार