दैलेखमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । २० जना घाइते भएका छन् । घाइते भएका २० जना मध्ये नाै जनाको अवस्था गम्भीर रहेको प्रहरीकाे भनाइ छ ।
चट्याङ लागेर मृत्यु हुनेमा दैलेखको महावु गाउँपालिका–१ खरिगैराकी ४२ वर्षीया भूमिसरा खत्री रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । घाइते भएकी खत्रीको उपचारका क्रममा जिल्ला अस्पताल दैलेखमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरी खरिगैरामा परेको चट्याङमा परेर १६ जना घाइते भएका छन् । घाइते सबैलाई स्वास्थ्य सेवा कार्यालय दैलेखमा उपचार गरिएको र त्यसमध्ये गम्भीर ६ जनालाई थप उपचारका लागि सुर्खेत लगिएको छ । यस्तै महावु गाउँपालिका-१ खरिगैराको ओखलढुंगामा पनि चट्याङ लागेर एक जना घाइते भएका छन् ।