गृहपृष्ठ Featured दाङमा मादक पदार्थ सेवन गरी छाेराले गरे बाबुको हत्या

दाङमा मादक पदार्थ सेवन गरी छाेराले गरे बाबुको हत्या

प्रकाशित मिति:

दाङमा मादक पदार्थ खाएका छोराले बाबुको हत्या गरेका छन् । घोराही उपमहानगरपालिका ५ दलजितपुर निवासी २८ वर्षीय छोरा सन्तोष केसीले ५१ वर्षीय बाबु प्रेमबहादुर केसीको हत्या गरेको हुन् ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक जनक मल्लका अनुसार छोराको  कुटपिटबाट गम्भीर घाइते भएका बाबुको उपचारका क्रममा मृत्यु भएको हो ।

बाबुको हत्या गर्ने छोरो केसीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको छ ।

सम्बन्धित् समाचार