गृहपृष्ठ Featured ६५ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा एक जना पक्राउ

६५ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा एक जना पक्राउ

प्रकाशित मिति:

दाङ ।

६५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । शान्तिनगर गाउँपालिका-१ बनखेत बस्ने ५३ वर्षीय कुल बहादुर बिकलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।

बिकले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित् समाचार