गृहपृष्ठ Featured एशिया कपको उपाधि जित्न भारतलाई ५१ रनको लक्ष्य

एशिया कपको उपाधि जित्न भारतलाई ५१ रनको लक्ष्य

प्रकाशित मिति:

काठमाडौँ ।

एशिया कपको उपाधि जित्न भारतले एकदिवसीय क्रिकेटको इतिहासमा अहिलेसम्मकै सबैभन्दा कम ५१ रनको लक्ष्य पाएको छ।

श्रीलंकाको प्रेमदासा रंगशालामा टस जितेर ब्याटिङ थालेको घरेलु टोली श्रीलंका १५ दशमलब २ बलमा अलआउट हुँदै ५० रनमा समेटिएपछि भारतले एकदिवसीय शृंखलामा सबैभन्दा कम ५१ रनको लक्ष्य पाएको हो।

एकदिवसीय ढाँचामा सबैभन्दा कम रन सन् १९८८ मा भारतले श्रीलंकाविरुद्धको फाइनलमा १८१ रनको लक्ष्य दिएको थियो। त्यस क्रममा जवाफी ब्याटिङ थालेको श्रीलंका ४३ दशमलब २ ओभरमा अलआउट हुँदै १७६ रनमा समेटिएपछि भारतले ६ विकेटको जित निकालेको थियो।

श्रीलंकाका लागि कुशले मेण्डिसले सर्वाधिक १७ तथा दूषण हेमन्थले अविजित १३ रन बनाए पनि अन्य कुनै ब्याटरहरूले दोहोरो अंकको रन छुन सकेनन्। धनञ्जय डी सिल्भा ४ तथा पाथुम निशान्का २ रन बनाएर पभेलियन फर्कदा कुशल परेरा, चारिथ आसालान्का‚ दासुन शानक, मथीशा पाथिराना र सदीरा समर विक्रमाले खाता नै खोल्न सकेनन्।

श्रीलंकालाई सस्तैमा समेट्ने क्रममा मोहममद सिराजले घातक बलिङ गरे। ७ ओभर बलिङ गरेका उनले १ ओभर मेडन राख्दै २१ रन दिएर सर्वाधिक ६ विकेट हात पारे। हार्दिक पाण्ड्याले ३ तथा जसप्रीत बुमराहले १ विकेट लिए ।

सम्बन्धित् समाचार