गृहपृष्ठ Featured कपिलवस्तुको विजयनगरमा २ लाख ५० हजार बढीको चोरी

कपिलवस्तुको विजयनगरमा २ लाख ५० हजार बढीको चोरी

प्रकाशित मिति:

कपिलवस्तु ।

कपिलवस्तुको विजयनगर गाउँपालिका- ३ कडिहारका जाकिर हुसेनको घरमा चोरी भएको छ ।

हुसेनका अनुसार गत राति १२ बजेसम्म चोरी नभएको र बिहान ५ बजेतिर घरबाट गरगहना र नगद चोरी भएको थाहा पाएको बताएका छन् । उनले २ हजार नगद, ५ जोर कपडा र गरगहना चोरी भएको बताए ।

गत राति हुसेनको घरबाट गरगहना, नगद र लत्ताकपडा गरि २ लाख ५० रुपैयाँ बढीको चोरी भएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक दिवाकर रिजालले जानकारी दिए ।

प्रहरीका अनुसार घरमा सबै परिवार सुति राखेको अवस्थामा चोरी भएको हो । ढोकामा बाहिरबाट चुक्कुल लगाएर अज्ञात व्यक्तिले सुनका गरगहना, लत्ताकपडा र नगद चोरी गरेको हो ।

चोरीमा संलग्नको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ ।

सम्बन्धित् समाचार