गृहपृष्ठ Featured कुटपिटबाट रुपन्देहीमा एक जनाको मृत्यु

कुटपिटबाट रुपन्देहीमा एक जनाको मृत्यु

बुटवल ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–९ मा  कुटपिटबाट एक जनाको मृत्यु भएको छ ।

नगरपालिकाको  वडा न ९ केवलानीमा गएराति मादक पदार्थ सेवन गरी एक आपसमा झैझगडा गरेका मजदुरमध्ये हेटौंडाका सुरेश साङत्याङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

घटनामा  ३ जना घाइते  भएका छन् । प्रहरी निरीक्षक किशोर केसीका अनुसार प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको छ ।

घाइतेलाई उपचारको भैरहवा  लगिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको  प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित् समाचार