गृहपृष्ठ Featured भोलिदेखि कपिलवस्तुसहित देशभरमा पठनपाठन बन्द !

भोलिदेखि कपिलवस्तुसहित देशभरमा पठनपाठन बन्द !

प्रकाशित मिति:

शिक्षकहरूको आन्दोलनका कारण भोलिदेखि कपिलवस्तुसहित देशभरका विद्यार्थीहरूको पठनपाठन बन्द हुने भएको छ।

विद्यालय शिक्षा विधेयकमाथि आपत्ति जनाउँदै शिक्षकहरू आन्दोलनका लागि काठमाडौँ आएसँगै विद्यार्थीहरूको पठनपाठन प्रभावित हुने भएको हो।

नेपाल शिक्षक महासंघको नेतृत्वमा देशभरका शिक्षक, कर्मचारीहरू आन्दोलनका लागि काठमाडौँ पुगेका छन्। आज संविधान दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ।

भोलिदेखि अनिश्चितकाल सम्मका लागि देशभरका सामुदायिक विद्यालय बन्द हुन लागेका हुन्।

सम्बन्धित् समाचार