वैखरी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको बाणगंगाबाट अवैध लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित एक युवक पक्राउ परेका छन् ।
जिल्लाको बाणगंगा नगरपालिमा वडा नम्बर ३ बभनी बाट इलाका प्रहरी कार्यालय पिपराको प्रहरी टोलीले ति युवकलाई नियन्त्रणमा लिएको हो ।
जिल्लाको कपिलवस्तु नगरपालिका वडा नम्बर ९ जगदिशपुर बस्ने वर्ष २६ को घनश्याम मुराउलाई उनको साथबाट ३ ग्राम ८३० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक गोपाल रायमाझीले जानकारी दिनुभयो ।
प्रहरी निरिक्षक रायमाझीका अनुसार पक्राउ परेका मुराउको साथबाट लागुऔषधसहित लु ८३ प ९७६२ नम्बरको मोटरसाईकल समेत ईलाका प्रहरी कार्यालय पिपराको नियन्त्रणमा रहेको छ ।








