गृहपृष्ठ Featured लुम्बिनी साँस्कृतिक नगरपालिकाको टोली चीन प्रस्थान

लुम्बिनी साँस्कृतिक नगरपालिकाको टोली चीन प्रस्थान

प्रकाशित मिति:

वैखरी अनलाईन, बुटवल ।

रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाको टोली चीन प्रस्थान गरेको छ । नगरपालिकासंग सह–सम्बन्ध कायम भएको चिनको डुङ्गहाङ सहरको निमन्त्रणामा भ्रमण टोली चीन प्रस्थान गरेको हो ।

चिनको उक्त सहरमा आयोजना हुने समन्वय बैठक, गोष्ठि र अध्ययन भ्रमणमा सहभागिताका लागी नगरपालिकाका नगर प्रमुख सजरुद्दिन खानको नेतृत्वमा चिन प्रस्थान गरिएको प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार सो क्रममा दुई सहरबीच भगिनी सम्बन्ध विस्तार, मित्रता कायम, पर्यटन प्रवद्र्धन, सँस्कृति र कला लगायतका क्षेत्रमा सहयोग र अनुभव आदानप्रदान हुने छ ।

सो भ्रमण टोलीमा उपप्रमुख कल्पना हरिजन, लेखा अधिकृत रामचन्द्र अर्याल, लुम्बिनी मेड्रिड सचिवालयका समन्वय अधिकृत तुलसीराम लामिछाने लगायत रहेका छन् ।

सम्बन्धित् समाचार