गृहपृष्ठ Featured अर्घाखाँचीमा प्रचलित भैरव नाच शुरु

अर्घाखाँचीमा प्रचलित भैरव नाच शुरु

प्रकाशित मिति:

अर्घाखाँची । 

अर्घाखाँचीको नेवार समुदायमा प्रचलित ऐतिहासिक एवम् मौलिक भैरव नाच गएरातिदेखि शुरु भएकाे छ । भूमिकास्थान नगरपालिका-८ काे हटिया बजारमा शुरु भएकाे याे नाच हेर्न हजाराैँ दर्शककाे उपस्थिति रहेकाे थियाे । लाेपाेन्मुख मानिएकाे भैरव नाच अन्य समुदायबीचमा पनि लोकप्रिय छ।

भैरव नाच सात पटकसम्म नाचिन्छ । भैरवको स्वरुपमा हुने यस नाचका नर्तकलाई भगवानको प्रतिकका रुपमा पूजा गरिन्छ।

पुरुष नर्तकले महिलाको भेषमा श्रृङ्गार गरेको हुन्छ। यसको स्पष्ट स्वरुप नखुले पनि भैरव नाचको अभिन्न अङ्गका रुपमा रहँदै आएको छ। तीन वटै भैरव आफ्नो भूमिकाअनुसारका रङमा श्रृङ्गार गरी भगवानको विशाल आकृति निर्माण गरिने लात्तेबाज भैरव नाच संरक्षण समिति तथा भूमिकास्थान नगरपालिका-८ का वडाअध्यक्ष राजकुमार श्रेष्ठले बताउनु भयाे ।

धार्मिक आस्थासँगै रोचक मानिए पनि नयाँ पुस्ताको चासो घट्दै जाँदा यो नाच लोप हुने स्थितिमा पुगेकाे श्रेष्ठले बताउनु भयाे । अर्घाखाँचीभित्र मात्रै नभइ गुल्मी, प्युठान, पाल्पा, कपिलवस्तु, रुपन्देहीलगायत जिल्लामा पनि याे नाच लाेकप्रिय मानिन्छ ।

 

सम्बन्धित् समाचार