गृहपृष्ठ Featured ‘बड्की आइतबारी’ को अवसरमा बाणगंगामा बिदा

‘बड्की आइतबारी’ को अवसरमा बाणगंगामा बिदा

वैखरी अनलाइन, बाणगंगा ।

कपिलवस्तुको बाणगंगा नगरपालिकाले थारु समुदायको महत्वपुर्ण पर्व ‘बड्की आइतबारि ’को अवसरमा आइतबार बिदा दिने घोषणा गरेको छ । नगरपालिकाले शुक्रबार एक सुचना जारी गर्दै आइतबार स्थानीय बिदा दिने जानकारी गराएको हो । नगरकार्यपालिकाको कार्यालय मातहतका वडा कार्यालयहरु, विषयगत शाखा कार्यालयहरु तथा स्वास्थ्य संस्थाहरु र सामुदायिक तथा संस्थागत विद्यालयहरु बन्द रहने जनाइएको छ ।

कार्यबाहक नगरप्रमुख रिता कुमारी र निमित्त प्रमुख प्रशासकिय अधिकृत राजकुमार तिवारीको संयुक्त हस्ताक्षरमा जारी भएको सुचनामा भनिएको छ ‘थारु समुदायको महत्वपुर्ण पर्व ’बड्की आईतबारी’ को उपलक्ष्यमा यही मिति २०८०/०६/०७ गते आईतबारका दिन यस नगर कार्यपालिकाको कार्यालय, मातहतका वडा कार्यालयहरु, स्वास्थ्य संस्थाहरु (अत्यावश्यक सेवा बाहेक), सामुदायिक तथा संस्थागत विद्यालयहरुमा स्थानीय विदा दिने भनि यस कार्यालयको मिति २०८०।०६।०५ गतेको निर्णयानुसार सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

यसैबिच बाणगंगा नगरपालिका उप प्रमुख रिता कुमारी चौधरीले बड्की आइतबारीको अवसरमा नगरबासी सबैलाई शुभकामना समेत दिनु भएको छ ।

सम्बन्धित् समाचार