गृहपृष्ठ Featured नेपाल क्रिकेट संघको सचिवमा पारस खड्का निर्वाचित

नेपाल क्रिकेट संघको सचिवमा पारस खड्का निर्वाचित

प्रकाशित मिति:

काठमाडौं । 

नेपाल क्रिकेट संघ (क्यान)को केन्द्रीय सचिवमा पारस खड्का निर्वाचित भएका छन्। शनिबार क्यानको निर्वाचनमा प्रशान्तविक्रम मल्ललाई पराजित गर्दै खड्का सचिवमा निर्वाचित भएका हुन्।

अन्तिम मत परिणाम अनुसार पारसले ४८ मत प्राप्त गरे भने अर्का प्रत्यासी प्रशान्तले ३७ मत प्राप्त गरे। दुई वर्षअघि क्रिकेटको व्यवस्थापनमा आउने उद्घोषसहित पारसले सक्रिय क्रिकेटबाट सन्यास लिएका थिए। खड्का नेपाली क्रिकेटको राष्ट्रिय टिमका पूर्व कप्तान समेत हुन्। पराजित प्रशान्त क्यानका पूर्व कार्यवहाक सचिव हुन्।

विवादास्पद नेपाल टी ट्वान्टी लिगको आयोजना पश्चात उनले सचिव पदबाट राजीनामा दिएका थिए।

सचिवमा निर्वाचित भएपछि पारसले क्रिकेटका राम्रा र नराम्रा पक्षलाई एकठाउमा ल्याएर यस क्षेत्रलाई संस्थागत रुपमा अघि बढाउन भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए।

सम्बन्धित् समाचार