गृहपृष्ठ Featured कपिलवस्तुको बुद्धभूमिमा पोखरीमा डुबेर एक बालकको मृत्यु

कपिलवस्तुको बुद्धभूमिमा पोखरीमा डुबेर एक बालकको मृत्यु

प्रकाशित मिति:

वैखरी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुको बुद्ध भूमि नगरपालिकामा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नगरपालिकाको वडा नम्बर २ बकडरीया बस्ने तीन वर्षीय हारजित थारु रहेको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक नरेश बहादुर शाहीले बताउनु भयो ।

मृतक बालक श्री आधारभूत विद्यालय बकडरियामा बाल विकासमा अध्ययन गर्ने विद्यालयका शिक्षक राजेश थारुले बताउनुभयो । मृतक बालकको शव शनिवार साँझ ६ बजे फेला पारेको बताइएको छ । पोखरी नजिकै बालबालिका सँगै खेल्ने गर्दा उनी हराएका थिए ।

सम्बन्धित् समाचार