चेतन विष्ट, कपिलवस्तु ।
बाणगंगा खोलाको विषयमा सञ्चार माध्यममा आफ्नो नाम जोडेर आएपछि बाणगंगा नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष करुण टण्डनले गल्ती गरेको भए प्रमाणित गर्न चुनौती दिनु भएको छ ।
केहि दिन पहिला कपिलवस्तु सहित देशका विभिन्न सञ्चार माध्यममा बाणगंगा खोलाको जग्गा किनबेचमा आफ्नो नाम जोडेर समाचार आएपछि पत्रकार सम्मेलन गर्दै उहाँले यस्तो चुनौती दिनु भएको हो । गल्ती नहुदा पनि केहि तत्वले आफुलाई बदनाम गर्न खोजेको उहाँले आरोप लगाउनु भएको छ ।
जग्गा पास गर्दा वडा अध्यक्षले अपनाउनु पर्ने सम्पुर्ण नियम, कानुन र तौर तरिकालाई मानेरै कानुन बमोजिम आफुले जोखन थारुको नाममा रहेको जग्गा पासको लागि सिफारीस गरेको टण्डनको दाबी रहेको छ ।
जग्गा बेच्दा वडा अध्यक्षले कृषि योग्य र आवास योग्य गरि २ प्रकारका जग्गालाई मात्र सिफारिस गर्न मिल्ने भएको भन्दै आफुले कृषि योग्य जग्गाको आधारमा सिफारिस गरेको बताउनु भएको छ । त्यस्तै वडा अध्यक्ष टण्डनले जग्गा धनि स्वयम उपस्थित भएको, कर नियमित रुपमा तिरेको, नागरिकता भएको लगायत सबै प्रक्रिया पुरा भएकाले आफुले सिफारिस गरेको बताउनु भएको छ ।
उनले थपे “पुर्जा भएको कोही आएर जग्गा बेच्छु भन्यो भने मैले सिफारिस नदिने, मलाई धेरै गाह्रो भयो, जग्गा नबेची भएन भन्दै आउनु भयो अनि मैले सिफारिस दिए ” ।
त्यस्तै जग्गा बेच्ने बाणगंगा नगरपालिका वडा नं ६ अमौली निवासी जोखन थारुले आफुले परापुर्व कालदेखि नै उक्त जग्गाको भोगचलन गरेको र नियमित रुपमा कर पनि तिरेको बताउनु भएको छ । घरमा रिण लागेपछि जग्गा बेच्नु परेको उहाँले दाबी गर्दै रिण लागेपछि के गर्ने ? छोरा नाति बेच्न भएन, आफु सङ्ग यहि जग्गा थियो यहि बेचे उहाँले भन्नुभयो ।
त्यस्तै स्थानि सन्तराम थारुले इमान्दार वडा अध्यक्षको पहिचान गराएका वडा अध्यक्षलाई राजनैतिक पुर्वाग्रह साधेर बदनाम गर्न खोजेको बताउनु भयो । देशैभर यस्तै समस्या रहेको भन्दै उहाँले केहि राम्रो गर्न खोज्ने मान्छेलाई अगाडि बढ्न नदिएको भन्दै आक्रोश समेत पोख्नु भयो ।
बाणगंगा खोलाको विषय केहि दिन पहिला सञ्चार माध्यममा आएको थियो । जोखन थारुको नाममा रहेको जग्गा किनबेचको क्रममा उक्त जग्गा खोलामा पर्नेभएपछि विवादित बनेको हो । खोलामा पर्ने कित्ता नं १३१३ को जग्गा २०८० साल जेष्ठ ४ गते विक्री भएको जनाइएको छ ।