गृहपृष्ठ Featured गैरेको नेतृत्वमा पेन्सन बञ्चित शिक्षक कपिलवस्तु गठन

गैरेको नेतृत्वमा पेन्सन बञ्चित शिक्षक कपिलवस्तु गठन

प्रकाशित मिति:

पेन्सन बञ्चित शिक्षक जिल्ला समिति, कपिलवस्तु घनश्याम गैरेको नेतृत्वमा गठन गरिएको छ ।

बिहीबार श्री तौलेश्वरनाथ संस्कृत माध्यमिक विद्यालय, तौलिहवा कपिलवस्तुमा उपस्थित भेलाबाट गठित समितिको उपाध्यक्षमा महेन्द्र बहादुर शाही र प्रज्ञा रेग्मी सचिवमा कृष्ण गाउँले सहसचिवमा मोहन अर्याल तथा कोषाध्यक्षमा कस्तुरा सिग्देल रहनुभएको छ ।

कपिलवस्तु जिल्ला १० वटा पालिका संयोजक सहित जिल्ला सदस्यमा धर्मराज खनाल वाणगंगा न. पा., विष्णु पोखरेल कपिल्वस्तु न.पा, भोजराज गिरी विजयनगर गा.पा., देवनन्द ठाकुर शिवराज न. पा., रितु पौडेल बुद्धभूमि न. पा., बाबुराम पौडेल मायादेवी गा.पा.,जयबुद्ध यादव. महाराजगन्ज न.पा., दिलिप चौधरी यशोधारा गा. पा., राजिव घिमिरे शुद्धोधन गा.पा., रामजी चौधरी कृष्णनगर न. पा.,चयन हुनुभएको छ । साथै सदस्यहरुमा दामोदर आचार्य, सशिला थापा मगर रहनुभएको छ ।

पछि थप दुई जनाको मनोनयन सहित १९ सदस्यीय पेन्सन बञ्चित शिक्षक जिल्ला समिति, कपिलवस्तु गठन गरिएको छ ।

निजामती सेवा साथै अन्य सेवामा योगदानमूलक निवृत्तभरण प्रणाली सम्बन्धि व्यवस्था भएपनि शिक्षकको हकमा कानूनमा कतै उल्लेख नभएको व्यवस्था लाद्न खोजिएका कारण देशभरका पेन्सन बञ्चित शिक्षकहरु ऐन नियममा उल्लेख नभएको कुरा नमान्ने भनी आन्दोलित भएको सन्दर्भमा काठमाडौं केन्द्रित जारी आन्दाेलनमा कपिलवस्तु तर्फबाट ऐक्यबद्धता जनाउने निर्णय भएको छ ।

सम्बन्धित् समाचार