गृहपृष्ठ Featured बुटवल उद्योग वाणिज्य संघ अधिवेशन : कांग्रेस निकट व्यवसायीका दुई प्यानल

बुटवल उद्योग वाणिज्य संघ अधिवेशन : कांग्रेस निकट व्यवसायीका दुई प्यानल

बुटवल ।

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको नयाँ नेतृत्वका लागि ब्यापारीहरु फरक-फरक प्यानलमा विभाजित भएका छन् । ग्रेस निकट व्यवसायीको बाहुल्यता रहेको संघको अधिवेशन असोज १९ गतेदेखि २२ गतेसम्म हुँदैछ ।

२५औं अधिवेशनका लागि कांग्रेस समर्थित हरिप्रसाद अर्याल र दिनेशप्रसाद श्रेष्ठले छुट्टाछुट्टै प्यानल बनाएर उम्मेदवारी घोषणा गरेका छन् । नेपाली कांग्रेस रुपन्देहीका कोषाध्यक्षसमेत रहेका अर्याल संघका पूर्वउपाध्यक्ष हुन् भने कांग्रेस निकट श्रेष्ठ हालका वरिष्ठ उपाध्यक्ष हुन् ।

अर्यालको प्यानलमा कांग्रेस, नेकपा एमाले, राप्रपा लगायत दल निकट उद्योगी व्यवसायीहरु समेटिएका छन् भने श्रेष्ठ प्यानलमा कांग्रेस निकट मात्रै छन् ।

अर्यालको प्यानलमा वरिष्ठ उपाध्यक्षमा टंकप्रसाद गैरे, उद्योग उपाध्यक्षमा सुरज भट्टराई, वाणिज्य उपाध्यक्षमा विमलराज भट्टराई, महासचिवमा मुक्तिप्रसाद अधिकारी, कोषाध्यक्षमा वसन्त ढकाल, सचिवमा भेषराज गैरे र सहकोषाध्यक्षमा धनाकुमारी खनालको उम्मेदवारी घोषणा भएको छ ।

त्यस्तै श्रेष्ठ प्यानलबाट वरिष्ठ उपाध्यक्षमा टंक गैरे, उद्योग उपाध्यक्षमा नवीन श्रेष्ठ, वाणिज्य उपाध्यक्षमा विमलराज भट्टराई, महासचिवमा बाबुराम विक, कोषाध्यक्षमा प्रकाश श्रेष्ठ र सचिवमा प्रतीक पोखरेललाई उम्मेदवार बनाइएको छ ।

श्रेष्ठ प्यानलले बिहीबार र अर्याल प्यानलले शुक्रबार उम्मेदवारी सार्वजनिक गरेका हुन् । गैरे र भट्टराई दुवै प्यानलमा परेका छन् ।

अर्यालले प्यानलको प्रतिवद्धता जनाउँदै बुटवलको ब्यापार-व्यवसायलाई पहिलेकै अवस्थामा फर्काएर आर्थिक शहरको रुपमा विकास गर्ने, संघलाई सबै आस्था र विचारका व्यवसायीको साझा संस्था बनाउने बताए ।

सम्बन्धित् समाचार