गृहपृष्ठ Featured बाणगंगा अटो ट्रेडर्समा टिभिएसको ‘च्याम्पियन्स एक्सचेन्ज मेला’ : जहाँ छन् अफरै-अफर

बाणगंगा अटो ट्रेडर्समा टिभिएसको ‘च्याम्पियन्स एक्सचेन्ज मेला’ : जहाँ छन् अफरै-अफर

प्रकाशित मिति:

वैखरी अनलाईन, बाणगंगा ।

नेपालका लागि टिभिएसको आधिकारिक विक्रेता कम्पनी जगदम्बा मोटर्सले अहिले देशभर च्याम्पियन्स एक्स्चेन्ज मेलाको आयोजना गरेको छ । सोही अनुसार कपिलवस्तुको बाणगंगा नगरपालिका- १ वैरियामा अवस्थित बाणगंगा अटो ट्रेडर्समा ग्राहकहरुको आकर्षण बढ्दो छ ।

यस मेलामार्फत ग्राहकहरुले कुनै पनि ब्राण्डका पुरानो बाईक तथा स्कुटर एक्सचेन्ज गर्दा आर्कषक छुट तथा उपहारहरु प्राप्त गर्न सक्ने संचालक मनोज पौडेलले जानकारी दिए । उनका अनुसार यस मेलामा सहभागी हुने ग्राहकले आफ्नो पुरानो बाईक तथा स्कुटर एक्सचेन्ज गरेर टिभिएसको दुई पाङग्रे सवारी साधन लिंदा बजार मुल्याङ्कन भन्दा रु १० हजार बढी  मूल्य पाउने छन् ।

मेला मार्फत नै उपभोक्ताले कम्पनीद्वारा दशैं तथा तिहारका सुअवसरमा सार्वजनिक ’हर मोडमा उमंग’ योजना अन्तर्गत, नकिन्दै १ लाख र किन्दा नगद रु. ५ लाख सम्मको नगद छुट पनि पाउन सक्ने व्यवस्था रहेको संचालक पौडेलले बताए । उनले हरेक महिना लक्कि ड्र मार्फत सत् प्रतिशत क्याश ब्याक पनि जित्न सक्ने व्यवस्था रहेको जानकारी दिए ।

एक भाग्यशाली विजेतालाई बम्पर उपहार रु १० लाखको नगद पुरस्कार उपलब्ध गरिने उनको भनाई छ । ट्रेडर्सका सञ्चालक मोहन न्यौपानेले यो योजनामा आकर्षक फाइनान्स अफर पनि समावेश भएको र जस अन्तर्गत न्यूनतम २५% डाउनपेमेन्ट र शुन्य प्रतिशत व्याजदरको ईएमआइमा ईच्छुकले बाइक तथा स्कुटर खरिद गर्न सक्ने बताए ।

उनका अनुसार यस बाहेक ग्राहकहरुले हेलमेट, बाइक कभर र ब्याग जस्ता आकर्षक उपहारहरु पनि प्राप्त गर्न सक्ने छन् ।

बाणगंगा अटो ट्रेडर्स पछिल्लो समय कपिलवस्तुसहित छिमेकी जिल्लाका ग्राहकहरुको पहिलो रोजाईमा पर्दै आएको छ ।

जगदम्बा मोटर्स प्रालि नेपालमा टिभिएसका दूई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो । कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबूत पकड राख्न ग्राहकहरूको मन मस्तिष्कमा उच्च स्थान जमाउन सफल छ ।

गुणस्तरीय उत्पादनहरु, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धता मार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सर्वाधिक रुचाइएको टू–ह्विलर ब्राण्डका रुपमा स्थापित छ ।

सम्बन्धित् समाचार