गृहपृष्ठ Featured दाङमा डेंगी संक्रमणबाट एक जनाको मृत्यु

दाङमा डेंगी संक्रमणबाट एक जनाको मृत्यु

प्रकाशित मिति:

दाङ ।

डेंगी संक्रमणबाट सोमबार घोराहीमा एक जनाको मृत्यु भएको छ । माडी गाउँपालिका–२ घर्तीगाउँ रोल्पाका ५१ वर्षीय यज्ञबहादुर डाँगीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि आइतबार प्रतिष्ठानमा भर्ना भएका डाँगीको उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानमा स्वास्थ्य जाँच गर्दा डाँगीलाई डेंगी संक्रमण पुष्टि भएको थियो ।

सम्बन्धित् समाचार