गृहपृष्ठ Featured एसियाडको डेब्युमै नेपाली महिला कबड्डी टिमले ल्याएको खुशी

एसियाडको डेब्युमै नेपाली महिला कबड्डी टिमले ल्याएको खुशी

पहिलो पटक एसियाली खेलकुदमा सहभागी भएको नेपाली महिला कबड्डी टिमले १९औं एसियाडमा सोमबार बंगलादेशमाथि ऐतिहासिक जित निकाल्यो ।

हान्झाउस्थित जिओसान ग्वाली स्पोर्ट्स सेन्टरमा भएको समूह बी को पहिलो खेलमा नेपालले बंगलादेशलाई ३७–२४ ले पराजित गर्दै पदकको सम्भावना बलियो बनाएको छ ।

तीन राष्ट्र मात्र रहेको यो समूहमा नेपाल र बंगलदेशसहित इरान छन् । मेनुका राजवंशीको कप्तानीमा रहेको नेपाली टोलीले मंगलबार इरान विरुद्ध प्रतिस्पर्धा गर्ने छ ।

इरान र बंगलादेशबीचको खेल बुधबार हुनेछ । इरानसँग नेपाल पराजित भएमा पनि अन्तिम खेलमा इरानले बंगलादेशलाई हराएमा नेपाल सेमिफाइनलमा पुग्नेछ र कम्तीमा कांस्य पदक सुनिश्चित गर्नेछ ।

२०१८ मा इन्डोनेसियामा भएको एसियाडमा इरानले महिला कबड्डीमा स्वर्ण जितेको थियो ।

महिला कबड्डीमा जम्मा ७ राष्ट्र सहभागी छन् । समूह ‘ए’ मा भारत, थाइल्यान्ड, दक्षिण कोरिया र चाइनिज ताइपेईं छन् ।

सन् २०१९ मा काठमाडौंमै भएको १३औं सागमा रजत जितेको कबड्डीले पहिलो पटक एसियाडमा सहभागिता जनाउँदा डेब्यु खेल जित्दै ऐतिहासिक पदक नजिक पुगेको हो ।

सम्बन्धित् समाचार