नविन भुसाल, बाणगंगा ।
कपिलवस्तु उद्योग बाणिज्य सघंको आयोजनामा मगंलबार कर्जा निति, कानुन र अधिकारका बिषयमा बृहत छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कुनै पनि ब्यवसायीले कर्जा लिन अपनाउनु पर्ने निति नियम देखि त्यसका कानुन तथा अधिकारका बिषयमा कपिलवस्तु उद्योग बाणिज्य सघंको आयोजनामा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
१६ गते मगंलबार सघंको सभा हल चार नम्बर जितपुरमा भएको छलफल कार्यक्रममा कर्जा लिएका र त्यसबारे निति, कानुन र अधिकारका बिषयमा छलफल अन्तरक्रिया गरिएको कपिलवस्तु उद्योग बाणिज्य महासघंका महासचिव मनोज पौडेलले जानकारी दिए ।
सो छलफल तथा अन्तरक्रिया कार्यक्रममा अधिबक्ता माधव प्रसाद रेग्मी प्रशीक्षकका रुपमा रहेको महासचिव पौडेलले वैखरी अनलाइनलाई जानकारी दिए ।
कर्जा लिनदेखि नसकिदासम्म र बिचमा समस्या आइ परी हाले के कस्ता प्रक्रिया अपनाउने भन्ने बृहत छलफल भएको कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष डोलकराम घिमिरेले बताए । बैंक तथा बित्तिय संस्थाबाट कर्जा लिई कारोबार गरी रहेका ब्यवसायीहरुलाई अन्तरक्रिया प्रभावकारी भएको अध्यक्ष घिमिरेको भनाई छ । अन्तरक्रियामा यस क्षेत्रका ५० बढि ब्यवसायीहरुको सहभागिता रहेको थियो ।