गृहपृष्ठ Featured पहिरो खस्दा रिडी–अर्घाखाँची सडक अवरुद्ध

पहिरो खस्दा रिडी–अर्घाखाँची सडक अवरुद्ध

प्रकाशित मिति:

गुल्मी ।

अविरल वर्षाका कारण पहिरो खस्दा रिडी–अर्घाखाँची सडक अवरुद्ध भएको छ।

जिल्लाको रुरुक्षेत्र गाउँपालिक–१ साँखरमा मंगलबार साँझ माथिबाट चट्टान सहितको पहिरो खसेका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

पहिरो झर्ने क्रम नरोकिएकाले सडक खुलाउन समस्या भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए।

यस्तै पहिरोका कारण मदन भण्डारी राजमार्ग पनि बिहान अवरुद्ध थियो। बलेक्सार रिडी सडकखण्डको खन्यारुखमा खसेको पहिरो हटाई आवागमन सहज बनाएको  जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

निरन्तर वर्षा भइरहेकाले चनाखो रहन मातहतका निकायलाई निर्देशन दिएको प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए।

सम्बन्धित् समाचार