गृहपृष्ठ Featured छोरा-बुहारीको विवाह पार्टीमा भक्कानिए विप्लव : यस्तो छ कारण

छोरा-बुहारीको विवाह पार्टीमा भक्कानिए विप्लव : यस्तो छ कारण

प्रकाशित मिति:

चितवन ।

नेकपा माओवादीका महासचिव नेत्रविप्लव चन्द विप्लवका छोरा प्रकाश र मान्यता थापाबीचको गतहप्ता ‘जनवादी’ विवाह भयो । कपिलवस्तुस्थित पार्टी मुख्यालयमा गरिएको विवाहपछि भने ‘पूँजीवादी’ शैलीमा नै होटलमा भव्य रिसेप्सन पार्टी राखिएको थियो ।

चितवनको सेरेन ब्याङ्क्वेट होटलमा भएको पार्टीमा विप्लव पनि उपस्थित भएका थिए । पार्टीमा दुवैतर्फका परिवार, नेता, स्थानीय व्यापारी तथा गन्यमान्य व्यक्तिहरु आएका थिए । सबैले वरबधुलाई बधाई दिए । खुशीयालीको माहोल थियो ।

तर, सो पार्टीकै क्रममा परम्परागतभन्दा पृथक तरिकाले एउटा प्रस्तुति राखिएको थियो, जसले त्यहाँको माहोल परिवर्तन गरिदियो । नवदुलही मान्यताले बनाएको एउटा मार्मिक भिडिओ उक्त पार्टीमा प्रदर्शन गरिएको थियो । दुवैतर्फका परिवार एउटै लहरमा बसेर भिडिओ हेर्दा एकाएक सन्नाटा र भावुकता छायो ।

मान्यताले आफू र प्रकाशबीच भएको चिनजान र विवाहसम्मको ९ वर्ष लामो सम्बन्धलाई भिडिओमा वर्णन गरेकी छन् । उनले भिडिओमा बताएअनुसार चितवन मेडिकल कलेजमा पढ्दा प्रकाश उनीभन्दा दुई ब्याच सिनियर थिए । कलेजम सिनियर विद्यार्थीहरुले आफूलाई र्‍यागिङ गरिएपछि आफूले प्रकाशसँग रुँदै फोन गरेको र प्रकाशको सहयोगी व्यवहारबाट प्रभावित बनेको उनले बताएकी छन् । अस्पतालले बढी शुल्क लिँदा गरेको विद्रोहमा प्रकाशले खेलेको भूमिकाको चर्चा गरेकी छन् ।

‘एउटा सामान्य विद्यार्थी मान्यता थापाबाट एमबीबीएसको ऐतिहासिक आन्दोलनको महिला नेतृ डा. मान्यता थापामा हजुरले नै परिणत गर्नुभएको हो’, उनले भेनकी छन् ।

‘लाज लाग्यो…’ भन्दै मान्यताको आवाजमा भिडिओ सुरु हुँदा सबैजना मुस्कुराएका थिए । तर, जब मान्यताले आफ्नो दिवंगत बुबाको प्रसंग निकालिन्, सबैको अनुहारमा उदासी छाउन थाल्यो । बुबा अस्पतालको बेडमा मृत्युसँग संघर्ष गरिरहँदा प्रकाशले दिएको साथ र सहयोग, अनि बुबाले प्रकाशलाई छोराजस्तै ठानेको प्रसंग सुनाउँदा सबैका आँखा भरिए ।

उनले बुबा आफूसँग नभएपनि बुबाको आशीर्वादले प्रकाशको साथ पाएको बताउँदै भिडियोको अन्त्य गरेकी छन् । त्यतिबेला भिडियोमा उनको बुबाको तस्बिर पनि देख्न सकिन्छ । मान्यताको बुबा चिरञ्जीवी थापा शिक्षक थिए । श्रीमान–श्रीमती मिलेर चितवनमा सिर्जना ईंग्लिस स्कुल चलाउँथे । कोरोना भाइरसको कारण चिरञ्जीवीको निधन भएको थियो ।

बुहारीले पिताको बारेमा सुनाइरहँदा विप्लव र उनकी पत्नीले आँशु थाम्न सकेनन् । विप्लवले पटकपटक रुमालले आँशु पुछेका थिए । मान्यता पनि आफ्नै भिडिओ हेरेर भक्कानिएकी थिइन् ।

सम्बन्धित् समाचार