वैखरी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको हेमराज माध्यमिक विद्यालय बाणगङ्गा –११ हथौसाको विद्यालयमा व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघको नयाँ कार्यसमिति चयन भएको छ ।
शुक्रबार एक कार्यक्रमका बिच हरिद्वार प्रसाद चौधरीको अध्यक्षतामा विद्यालय व्यवस्थापन समितिको नयाँ कार्यसमिति चयन भएको हो ।
विद्यालय ब्यवस्थापन समितिमा शिक्षक दर्पण भट्टराई र शिक्षक अभिभावक संघमा शिक्षक प्रतीनिधि बिकास श्रेष्ठ सहितको नयाँ कार्यसमिति चयन भएको हो ।
बाणगङ्गा नगरपालिका शिक्षा युवा तथा खेलकुद विकास शाखाका प्रमुख खिम बहादुर जि सि को अध्यक्षता, बाणगङ्गा नगर उपप्रमुख रीता कुमारी चौधरीको प्रमुख आतिथ्यता तथा वडा न ११ का वडाध्यक्ष नरेन्द्र प्रसाद चौधरीको विशिष्ठ आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा बाणगंगा नगरपालिकाकी उपप्रमुख रिता कुमारी चौधरीले अवको समय प्रतिस्पर्धाको समय भएको बताउदैँ समय सापेक्ष गुणस्तरीयता शिक्षामा जोड दिन आवश्यक रहेको बताइन । बाणगंगा नगरपालिकालाई शैक्षिक हवका रुपमा बिकास गर्न नगर प्रतिबद्ध भई लागेको समेत उनले बताइन ।