गृहपृष्ठ Featured अपाङ्गता भएका व्यक्तिलाई आत्मनिर्भर बनाउनुपर्छ : मन्त्री आचार्य

अपाङ्गता भएका व्यक्तिलाई आत्मनिर्भर बनाउनुपर्छ : मन्त्री आचार्य

प्रकाशित मिति:

कपिलवस्तु ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले शारीरिक रुपमा अपाङ्गता भएका व्यक्तिहरुलाई सीप सिकाएर आत्मनिर्भर बनाउनु पर्ने बताएका छन् ।

कपिलवस्तुको बुद्धभुमि नगरपालिका- ४ बुड्ढीमा आयोजित अपाङ्गता भएकाहरुलाई  ह्वील चियर वितरण  कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आचार्यले यस्तो बताएका हुन् । मन्त्री आचार्यले तीनै तहको सरकारले अपाङ्गता भएकोलाई अपाङ्गतामैत्री नीति बनाउनुपर्ने बताए ।

अपाङ्गताहरुको सहज पहुँचका लागि सबै सरकारी निकायमा अपाङ्गतामैत्री संरचना निर्माण गर्नुपर्ने उनको भनाइ छ । उहाँले नबनाइएका ठाउँमा अपाङ्गतामैत्री संरचना बनाउनु पर्नेमा जोड दिए ।

‘अब बन्ने संरचना अपांग मैत्री बनाउन जरुरी छ । दैनिक जीवनमा सहजता ल्याउने छ । ’ उनले भने ।

सम्बन्धित् समाचार