वैखरी अनलाईन, बुद्धभूमि ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका मेयर केशवकुमार श्रेष्ठले अपाङ्गता भएका नागरिकको जीवनस्तर उकास्न बुद्धभूमि नगरपालिका प्रतिवद्ध भएर लागेको दाबी गरेका छन् ।
उनले बुद्धभूमिमा बन्ने हरेक भौतिक पुर्वाधारहरु अपाङ्गतामैत्री बनाउने तयारीमा आफु लागेको उनको जिकीर छ । शनिबार बुद्धभूमि नगरपालिका- ४ बुड्ढी हनुमानचोकमा आयोजित ह्वील चियर वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले माथिल्लो तहदेखि नै भौतिक पुर्वाधार निर्माण गर्दा अपाङ्गतामैत्री बनाउनुपर्ने बताए ।
विशेषः सार्वजनिक स्थाल निर्माण गर्दा अपाङ्गता भएका व्यक्तिहरुको आवश्यकतालाई महसुस गरि गम्भिर भएर पुर्वाधारको बनोट तयार गर्नुपर्ने उनको भनाई छ ।