गृहपृष्ठ Featured म्यान सिटीको लगातार दोस्रो हार

म्यान सिटीको लगातार दोस्रो हार

इङ्लिस प्रिमियर लिग फुटबलमा साबिक विजेता म्यानचेस्टर सिटीले लगातार दोस्रो हार बेहोरेको छ। आइतबार राती भएको खेलमा आर्सनलसँग भिडेको म्यान सिटी १-० गोलले हरायो।

आर्सनलको मैदानमा भएको खेलमा घरेलु टोलीका गाब्रियल मार्टिनेलीले निर्णायक गोल गरे। उनले ८६ औँ मिनेटमा गोल गरेका थिए। आर्सनलले घरेलु लिगमा ८ वर्षपछि पहिलो पटक म्यान सिटीलाई हराएको हो।

प्रिमियर लिगको यो सिजन ८ खेलबाट समान २० अंक भएको टोट्टनहाम र आर्सनलले गोल अन्तरका आधारमा पहिलो र दोस्रो स्थानमा छन्। १८ अंक भएको म्यान सिटी तेस्रो स्थानमा छ।

म्यान सिटीले अघिल्लो खेलम उल्भ्ससँग २-१ गोलको पराजय बेहोरेको थियो। म्यान सिटीले सन् २०१८ को डिसेम्बरयता पहिलो पटक लगातार दुई लिग हार सामना गरेको हो।
आइतबार राती भएका अन्य खेलमा लिभरपुलले ब्रिघ्टनसँग २-२ गोलको बराबरी खेल्यो।

सम्बन्धित् समाचार