बाणगंगा ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाले इजरायलमा रहेका बाणगंगाबासीहरूलाई समस्या परे सम्पर्क गर्न अनुरोध गरेको छ ।
नगर प्रमुख चक्रपाणी अर्यालले एक विज्ञप्ति जारी गरि इजरायलमा रहेका सम्पूर्ण नेपालीहरुलाई सजगता र संयमता अपनाउन र नेपाली दूतावाससँग सम्पर्कमा रहनुहुनका साथै बाणगंगा नगरपालिका अन्तर्गत बसोबास गर्ने नेपाली नागरिक ईजरायल देशभर कुनै क्षेत्रमा रहेको भएमा सम्पर्क गर्न आग्रह गरेका हुन् ।
‘कठिन परिस्थितिमा इजरायलमा रहेका सम्पूर्ण नेपालीहरुलाई सजगता र संयमता अपनाउन र नेपाली दूतावाससँग सम्पर्कमा रहनुहुनका साथै बाणगंगा नगरपालिका अन्तर्गत बसोबास गर्ने नेपाली नागरिक ईजरायल देशभर कुनै क्षेत्रमा रहनु भएको भएमा बाणगंगा नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालयहरु तथा निम्न व्यक्तिहरुलाई सम्पर्क गराउनुहुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ ।’- विज्ञप्तिमा भनिएको छ ।









