गृहपृष्ठ Featured नेपालगञ्जमा हटाइयो कर्फ्यु

नेपालगञ्जमा हटाइयो कर्फ्यु

प्रकाशित मिति:

नेपालगञ्ज ।

नेपालगञ्जमा एक सातादेखि जारी कर्फ्यु हटाइएको छ । जनजीवन सामान्य हुँदै गएपछि कर्फ्यु हटाइएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले जानकारी दिए । उनले शान्तिसुरक्षाको अवस्था सामान्य बनेकाले कर्फ्यु हटाइएको उल्लेख गरे ।

अघिल्लो मङ्गलबार नेपालगञ्जमा तनाव उत्पन्न भएपछि दिउँसो १ बजेदेखि कर्फ्यु आदेश जारी गरिएको थियो । अवस्था सामान्य बन्दै गएपछि केही दिनयता दिउँसोको समयमा निषेधाज्ञा र राति कर्फ्यु लाग्दै आएको थियो ।

सामाजिक सञ्जालमा लेखिएको विषयलाई लिएर उत्पन्न विवादका कारण परिस्थिति असहज बन्ने देखिएपछि असोज १६ गते मङ्गलबार दिउँसो १ बजेदेखि नेपालगञ्जमा अनिश्चितकालीन कर्फ्यु लगाइएको थियो ।

यही असोज १८ गतेदेखि दिउँसोको कर्फ्यु हटाइएको थियो भने रातिको समयमा कायमै राखिएको थियो ।

सम्बन्धित् समाचार