वैखरी अनलाइन, तौलीहवा ।
दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले तौलिहवा क्षेत्रमा साइकलको पछाडि स्टिकर टाँस्ने कार्य सुरु गरेको छ।
तौलिहवाको जमुवार पुल चोकमा आवतजावत गर्ने विद्यार्थी तथा अन्य सर्वसाधारणको साइकलहरूमा चम्कने स्टिकर टाँसेर दुर्घटना न्यूनीकरण अभियानलाई निरन्तरता दिइएको हो।
सो अवसरमा सडकमा जाँदै गरेका साइकलयात्री विद्यार्थी तथा सर्वसाधारणलाई ट्राफिक प्रहरीहरूले ट्राफिक नियमका बारेमा सम्झाएका थिए।
जिल्लाका चन्द्रौटा, कृष्णनगर, गोरुसिँगे, वाणगंगा र पकडी क्षेत्रमा ट्राफिक सचेतनाका अन्य कार्यक्रमहरू यसै गरी निरन्तर रूपमा सञ्चालन गरिने ट्राफिक प्रहरीले जनाएको छ।