गृहपृष्ठ Featured बाणगंगामा अटो तथा ई–रिक्सा ब्यवस्थापनका लागी समिति गठन : संयोजकमा रेस्मी

बाणगंगामा अटो तथा ई–रिक्सा ब्यवस्थापनका लागी समिति गठन : संयोजकमा रेस्मी

वैखरी अनलाइन, बाणगंगा ।

बाणगंगा नगरपालिकामा ३ पाङग्रे अटो तथा ई–रिक्सा ब्यवस्थापन गर्न समिति गठन भएको छ । वडा नम्बर ४ का वडाध्यक्ष छवि रेश्मी मगरको संयोजकत्वमा समिति गठन भएको हो । बुधबार सम्पन्न कार्यापालिका बैठकले यी निर्णय गरेको हो ।
यस्तै बैठकले छाडा चौपाया व्यवस्थापनका लागी समिति गठन गरेको छ ।

नगर प्रवक्ता बिष्णु प्रसाद पौडेलको संयोजकत्वमा ९ सदस्यीय छाडा चौपाया ब्यवस्थापन समिति गठन गरिएको हो ।

बैठकले आर्थिक बर्ष २०८०/०८१ को लागी बार्षिक कार्य योजना पारित गरेको छ । २८ बुँदे बार्षिक कार्य योजना कार्यपालिका बैठकले पारित गरेको नगर प्रवक्ता तथा वडा नम्बर २ का वडाध्यक्ष बिष्णु प्रसाद पौडेलले वैखरीलाई जानकारी दिए ।

त्यस्तै कार्यपालिका बैठकले सम्बृद्धिका लागी बन परियोजनाको बार्षिक कार्यक्रम तथा बजेट स्वीकृत गरेको समेत गरेको छ ।

यसैबिच घरनक्सा अभिलेखी करणको काम चैत्र मसान्तसम्म सुचारु राख्ने निर्णय भएको नगरपालिकाकी उप-प्रमुख रिता कुमारी चौधरीले बताइन । साथै उप -प्रमुख चौधरीले केही दिन अगाडी सर्पको डसाईबाट मृत्यु भएका बाणगंगा वडा नम्बर ९ का एकै परिवारका रितु तथा यशुका क्षेत्रीको परिवारलाई राहात स्वरुप ३५ हजार दिने निर्णय भएको जानकारी दिइन ।

बैठकमा नगर प्रमुख चक्रपाणी अर्यालले बार्षिक कार्य योजना पारित भएसगैँ नगरपालिकामा बिकासका कामले तिव्रता पाउने बताए । साथै प्रमुख अर्यालले कार्ययोजना अनुसार तोकेकै समयमा योजनाहरु सक्ने उदेश्यका साथ काममा लाग्न वडाध्यक्ष, कार्यपालिका सदस्य तथा शाखा प्रमुखलाई निर्देशन समेत दिनु भएको छ ।

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत भक्तीराम मरासिनिले बाणगंगाको बिकासमा सबै एकजुट भएर लाग्न आग्रह समेत गरेका छन । नगरको बिकासका लागी कर्मचारीको क्षेत्रबाट पुर्ण रुपमा सहयोग र साथ दिने प्रतिबद्धता जनाउदैँ सबै मिलेर नगर बिकासमा केन्द्रित हुनेपर्ने बताए ।

बैठक नगर प्रमुख अर्यालको अध्यक्षता तथा प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनिको सञ्चालनमा सम्पन्न भएको थियो ।

सम्बन्धित् समाचार