गृहपृष्ठ Featured सार्वजनिक पदमा बसेका व्यक्ति धनी बन्ने प्रक्रिया रोकिनुपर्छ : प्रदेश प्रमुख शेरचन

सार्वजनिक पदमा बसेका व्यक्ति धनी बन्ने प्रक्रिया रोकिनुपर्छ : प्रदेश प्रमुख शेरचन

प्रकाशित मिति:

बुटवल ।

लुम्बिनी प्रदेश प्रमुख अमीक शेरचनले सार्वजनिक पदमा बसेका व्यक्ति छोटो समयमा अकुत सम्पत्तिका मालिक हुने क्रम बढ्दै गएको भन्दै त्यसलाई नियन्त्रण गर्न सुझाव दिएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले गरेका वार्षिक क्रियाकलापको प्रतिवेदन बुझ्दै उनले देशमा सुशाशन प्रवर्द्धन गर्ने हो भने सार्वजनिक पदमा बसेका हरेक व्यक्तिको सम्पत्ति छानबिन गर्नुपर्ने बताए ।

‘देश गरिब बन्ने तर, सार्वजनिक पदका व्यक्ति धनि बन्ने प्रक्रिया रोकिनुपर्छ,’ उनले भने । अख्तियारले वर्षभरी हेरेका उजुरी, उजुरीका प्रकृति र अख्तियार दुरुपयोगविरुद्ध गरिनुपर्ने कार्यसहितको प्रतिवेदन बुधबार लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनलाई बुझाएको थियो ।

प्रदेश प्रमुख शेरचनले देश गरिब बन्दै जाने तर, पदधारणअघि सामान्य रहेका सरकारी कर्मचारी र सार्वजनीक पदका व्यक्तिको सम्पत्ति एकाएक बढ्दै जानुले संस्थागत भ्रष्टाचार मौलाएको प्रष्ट भएको भन्दै यसलाई रोक्न अख्तियारले अभियान नै चलाउनुपर्ने बताए । कारबाहीका नाममा साना कर्मचारी पक्राउ पर्ने तर, ठूला उम्कने गरेको बताउँदै उनले नीतिगत र कार्यविधिगत भ्रष्टाचार गर्नेलाई पनि कारबाहीको दायरामा ल्याउन आग्रह गरे ।

सम्बन्धित् समाचार