गृहपृष्ठ Featured लुम्बिनी प्रदेश : गृहमन्त्रीका वरिष्ठ राजनीतिक सल्लाहकारद्धारा राजीनामा

लुम्बिनी प्रदेश : गृहमन्त्रीका वरिष्ठ राजनीतिक सल्लाहकारद्धारा राजीनामा

प्रकाशित मिति:

रुपन्देही ।

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं गृहमन्त्री सन्तोष कुमार पाण्डेयका वरिष्ठ राजनीतिक सल्लाहकार बैजनाथ गुप्ता (बी.एन.) ले पदबाट राजीनामा दिएका छन् ।

मन्त्री पाण्डेयको निजी सचिवालयमा रही वरिष्ठ सल्लाहकारको भूमिका निर्वाह गर्दै आएका गुप्ताले सामाजिक संजाल फेसबुकमार्फत राजीनामा दिएका हुन् । उनले लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) को साधारण सदस्य समेत नहुने गरी पार्टीबाट पनि राजीनामा दिएको बताए ।

‘कुनै पनि पद वा पार्टीको सदस्य नभइकन पनि जनताको सेवा गर्न सकिने र पार्टीको सदस्य भइसकेपछि पार्टीको नीति विधान बाहिर रही काम गर्न नसकिने भएको महशुस भइ स्वतन्त्र भएर जनताको सेवालाई निरन्तरता दिनका लागि राजनीमा दिएको हुँ, ’गुप्ताले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

उनले गठबन्धन सरकारमा पार्टी रहँदा सरकारबाट भएका गलत कार्यको विरोध गर्न अफ्ठयारो महशुस भएकाले स्वतन्त्र भइ देश र जनताको हितमा काम गर्नका लागि पदबाट राजीनामा दिएको बताए ।

सम्बन्धित् समाचार