गृहपृष्ठ Featured जगदम्बा स्टिलले आईपीओ जारी गर्ने

जगदम्बा स्टिलले आईपीओ जारी गर्ने

प्रकाशित मिति:

काठमाडौं ।

नेपालको अग्रणी स्टिल उद्योग जगदम्बा स्टिल्स लिमिटेडले आईपीओ जारी गर्ने भएको छ ।

शंकर ग्रुपको लगानी रहेको जगदम्बा स्टिल्स लिमिटेडले आईपीओ निष्कासन गर्ने स्वीकृति माग्दै धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

कम्पनीले १७ असोजमा आईपीओ निष्कासनको स्वीकृति माग गर्दै बोर्डमा आवेदन दिएको थियो । कम्पनाीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा २०० रुपैयाँ प्रिमियम सहित प्रतिकित्ता ३०० रुपैयाँको दरले आईपीओ जारी गर्ने भएको हो ।

जगदम्बाले प्रतिकित्ता ३ सय रुपैयाँका दरले प्रिमियममा आईपीओ जारी गर्ने निवेदन पेश गरेको छ । कुल ६ अर्ब रुपैयाँको आईपीओ जारी गर्ने तयारी कम्पनीको छ ।

जगदम्बा स्टिल्सले सर्वसाधारणलाई दुई करोड कित्ता सेयर दिँदैछ । कम्पनीले २ करोड ७० हजार कित्ता साधारण सेयर जारी गरेर ६ अर्ब २ करोड १० लाख रुपैयाँ लगानी जुटाउन लागेको हो ।

सम्बन्धित् समाचार