काठमाडौं ।
नेपाल, युएई र हङकङबीच हुने त्रिकोणात्मक टी-२० सिरिजको तालिका सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ (क्यान)को आयोजना हुने त्रिकोणात्मक सिरिज कात्तिक १ गतेदेखि सुरु हुने भएको छ।
त्यस्तै कात्तिक ४ गते नेपाल र हङकङ, कात्तिक ५ गते हङकङ र युएई, कात्तिक ६ गते नेपाल र युएई र कात्तिक ८ गते हङकङ र युएईबीच खेल हुनेछ।
दुई शीर्ष टोलीले कात्तिक १० गते फाइनल खेल्नेछ। समूहचरणको सबै खेल मूलपानीमा भए पनि फाइनल खेल भने टीयुस्थित क्रिकेट रंगशालामा हुने क्यानले जनाएको छ।
नेपालले टी-२० विश्व कप छनौटको पूर्वतयारीका लागि त्रिकोणात्मक सिरिज खेल्न लागेको हो। अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपका लागि नेपालले अक्टुर ३० देखि छनौट खेल खेल्दैछ।