रुपन्देही ।
१८ महिनादेखि रिक्त रहेको नेपाली कांग्रेस रुपन्देही- २ सभापति र सहसचिवका लागि पार्टीभित्रका दुई समूहबीच सहमति नहुँदा निर्वाचन हुने भएको छ । सहमतिको कुरा भइरहेको बेला बुधबार शेखर कोइराला समूहले उम्मेदार सार्वजनिक गरेपछि अर्को समूह थप असन्तुष्ट बनेको छ ।
नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. २ को सभापति र सहसचिव चयनमा सहमति नभएपछि संस्थापन पक्ष र इतर पक्ष दुवैले उम्मेदवार खडा गरेका छन् ।
सो अवसरमा ढकालले पार्टीलाई एकताबद्ध, गतिशिल र आउंदो निर्वाचनमा बढीभन्दा बढी सीट ल्याउने योजनासहित आफू सभापतिमा उठ्न लागेको बताए । पार्टीभित्र रहेका असन्तुष्ट हटाउने र पार्टीलाई साझा बनाउने आफ्नो प्रमुख भूमिका हुने उनको भनाइ छ ।
संस्थापन पक्षबाट भने प्रजापाल गिरी सभापतिको उम्मेदवार बन्ने तयारीमा छन्। संस्थापन पक्षले बिहीबार उम्मेदार घोषणा गर्ने तयारी गरेको छ । रुपन्देही कांग्रेसले नेता रोमणि पाठकको संयोजकत्वमा हरिबहादुर आचार्य र रामबहादुर कार्की सदस्य रहेको समिति बनाएर साझा उम्मेदार बनाउन खोजेपनि कुनै सहमति नभएपछि निर्वाचनमा गएर छान्नुपरेको हो ।
कांग्रेस रुपन्देही सभापति रामकृष्ण खाणले भने उम्मेदारी सार्वजनिक भएपनि अन्तिम समयसम्म सहमतिको प्रयास जारी रहने बताए ।