गृहपृष्ठ Featured एकदिवसीय विश्वकप : रोहित शर्माको कीर्तिमानी शतक

एकदिवसीय विश्वकप : रोहित शर्माको कीर्तिमानी शतक

प्रकाशित मिति:

काठमाडौं ।

भारतका रोहित शर्माले विश्वकप क्रिकेटमा सबभन्दा धेरै शतकको रेकर्ड बनाएका छन् । बुधबार अफगानिस्तानविरुद्ध शतक बनाएसँगै उनले यो रेकर्ड बनाएका हुन् । उनले ६३ बलमा १०० रन पुरा गरेका हुन् ।

यो एकदिवसीय क्रिकेटमा ३१औं र विश्वकप क्रिकेटमा सातौं शतक हो । यससँगै उनले विश्वकपमा सचिन तेन्दुलकरको रेकर्डलाई तोडे । भारतका सचिनले विश्वकपमा ६ शतक बनाएका थिए ।

रोहितले थप दुई रेकर्ड बनाएका छन् । उनले एकदिवसीय विश्वकपमा सबभन्दा कम (१९) पारीमा हजार रन बनाउने रेकर्डलाई पनि भेट्टाएका छन् ।

भारतविरुद्धको खेलमा अष्ट्रेलियाका डेभिड वार्नरले १९ पारीमै हजार रनको रेकर्ड बनाएका थिए ।

सम्बन्धित् समाचार