गृहपृष्ठ Featured कांग्रेस कपिलवस्तुको प्रशिक्षक तालिम

कांग्रेस कपिलवस्तुको प्रशिक्षक तालिम

वैखरी अनलाइन, तौलीहवा ।

कपिलवस्तुको तौलिहवामा कांग्रेसको प्रशिक्षक प्रशिक्षण तालिम संपन्न भएको छ । कांग्रेस कपिलवस्तु नगर कार्य समिति कपिलवस्तु नगरपालिकाको आयोजनामा कांग्रेस जिल्ला प्रशिक्षण शाखाको समन्वयमा एक दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

 

पानसमा दिप बालेर कार्यक्रमको उदघाटन गर्दै कांग्रेस लुम्बिनी प्रदेशका सभापति अम्बर सिंह पुनले यो कार्यक्रमले पार्टीलाई बलियो बनाउने बताए । उनले यो कार्यक्रमबाट सहभागीहरुले पार्टीको ईतिहास, सिद्धान्त, मुल्य मान्यता, योजना लगायतका कुराहरु जानकारी पाउने बताए ।

 

कार्यक्रममा ढेड सय बढी नेता तथा कार्यकर्ताहरु सहभागी थिए । पार्टीका नगर सभापति खुर्सेद अहमद खाँको अध्यक्षतामा, नगर सचिव नगेन्द्र यादवको संचालन तथा तारावती चौधरीको स्वागतमा भएको कार्यक्रममा कांग्रेस नेता तथा लुम्बिनी प्रदेश सदस्य सुधाकर पाण्डेय, पार्टी जिल्ला सभापति अब्दुल कलाम, पुर्व पार्टी सभापति राजेश आचार्य, पार्टी उप सभापति हुमकान्त खनाल, नेता राजेश सिंह सचिव शक्ति सिंह ठकुरी, नेपाल बिद्यार्थी सघंका जिल्ला सभापति चन्द्रकान्त पोखरेल लगायतको सहभागीता थियो ।

सम्बन्धित् समाचार