गृहपृष्ठ Featured भोलि हुने ‘साइकल प्लाङक ब्यालेन्स’ को दोस्रो सँस्करणको सम्पुर्ण तयारी पुरा

भोलि हुने ‘साइकल प्लाङक ब्यालेन्स’ को दोस्रो सँस्करणको सम्पुर्ण तयारी पुरा

कपिलवस्तु ।

कपिलबस्तुमा लायन्स क्लव अफ कपिलवस्तुले आयोजना गरेको दोश्रो साइकल प्लाङकका लागि चर्चित अन्तर्राष्ट्रिय साईकललिस्ट अजित बराल कपिलवस्तु आएका छन् ।

लायन्स कपिलवस्तुको आयोजनामा असोज २७ गते (भोलि) वाणगंगा नगरपालिका- ३ राजापानीमा हुने दोस्रो साइकल प्लाङक प्रतियोगितालाई थप रोमाञ्चित गराउन उनी  कपिलवस्तु आईपुगेका हुन् ।

उनलाई लायन्स कपिलवस्तुले कपिलवस्तुमा स्वागत गरेका थियो । उता प्रतियोगिताका लागि खेलको लागि विश्व साइकल यात्री अजित बराल लगायतको टोलीलाई कपिलवस्तुको चारनम्बर मा स्वागत गरेको हो ।

उता प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । प्रतियोगितामा भाग लिने खेलाडीले ५२ मिटरको ट्रयाक कटाउन सक्ने छन् र प्रथम उपहार स्वरुप ५०,००० जित्न सक्ने पनि आयोजकले जनाएको छ । कसैले पनि कटाउन नसकेको अबस्थामा कसले कति मिटर पार गर्यो त्यसको आधारमा बिजेता तय गरिने खेल संयोजक विष्णु घिमिरेले बताएका छन् ।

प्रतियोगिता लायन्स क्लव अफ कपिलवस्तुको आयोजना, लियो क्लव अफ कपिलवस्तुको सह आयोजना, राजापानि सामुदायिक बन, राष्ट्रिय वाणिज्य बैँक, गुराँस ट्रड लिक, चन्द्र पोलिकिनिक्स तथा लुम्बिनी लनिङ सेन्टर सहित विभिन्न संघसंस्थाको सहयोग रहने आयोजकले बताएको छ ।

सम्बन्धित् समाचार