गृहपृष्ठ Featured नेपाल लोकतान्त्रिक आदिवासी जनजाती महासंघ कपिलवस्तुका पदाधिकारीद्धारा सपथ ग्रहण

नेपाल लोकतान्त्रिक आदिवासी जनजाती महासंघ कपिलवस्तुका पदाधिकारीद्धारा सपथ ग्रहण

वैखरी अनलाईन, बाणगंगा ।

नेपाली कांग्रेसको भातृसंगठन नेपाल लोकतान्त्रिक आदिवासी जनजाती महासंघ जिल्ला कार्य समिति कपिलवस्तुका नवनिर्वाचित पदाधिकारीहरुले सपथ ग्रहण गरेका छन् । नारायण थापाको अध्यक्षतामा गठित पदाधिकारीहरुले कपिलवस्तु उद्योग बाणिज्य संघको सभाहल चारनम्बरमा सोमबार आयोजित एक कार्यक्रमकाबीच सपथ ग्रहण गरेका हुन् ।

अध्यक्ष थापाको नेतृत्वमा गठित उक्त समितिमा उपाध्यक्षहरुमा ज्योति पुन मगर, मनबहादुर काउचा, सचिवमा कृष्ण चौधरी, कोषाध्यक्षमा उद्य चौधरी, सहसचिव जित बहादर थापा र दाम बहादुर सारु रहेका छन् भन् सदस्यहरुमा जुना श्रेष्ठ, संगिता चौधरी, दिलमाया थापा, खिम बहादुर थापा, बसन्त थापा, कोपिला थापा, निर्मल गुरुङ, ममता राना र बिन बहादुर थापा रहेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस कपिलवस्तुका पुर्वसभापति राजेश आचार्यले नवनिर्वाचित पदाधिकारीहरुलाई सफल कार्यकालको शुभकामना दिदैं पार्टीलाई थप सुदृढ बनाउन भातृसंगठनले महत्वपुर्ण भूमिका निर्वाह गर्ने बताए । उनले पार्टीको आन्तरिक द्धन्द्धलाई पार्टी निर्माणको क्रममा देखाउन नहुने बताए । ‘पार्टीको आन्तरिक संरचना जति सुदृढ हुन्छ हामी पनि त्यति नै बजबुत हुन्छौं,’ उनले भने, ‘त्यसैले पार्टीभित्रको द्धन्द्ध व्यवस्थापन अति आवश्यक छ ।’

लुम्बिनी प्रदेश नेपाली कांग्रेसका सदस्य रुक बहादुर भुसाल, नेपाली कांग्रेसका जिल्ला सचिव शक्ति सिंह ठकुरी, महाधिवेशन प्रतिनिधि डोलकराम घिमिरे, विमला गैरे, नेपाली कांग्रेस बाणगंगाका सभापति विष्णु थापा लगायतले देशको विकास निर्माणमा कांग्रेस प्रतिवद्ध पार्टी भएको दाबी गरेका थिए । काँग्रेस एकजुट भएर अगाडि बढेमा कुनै पनि शक्तिले हराउन नुसक्नेमा उनीहरुको जोड छ ।

उक्त कार्यक्रममा एकअर्काबीच आउँदै गरेका दशै, तिहार तथा छठ पर्वको शुभकामना समेत आदानप्रदान गरिएको थियो ।

यसैबीच  नवनिर्वाचित अध्यक्ष नारायण थापाले पार्टीलाई थप सुदृढ बनाउन आफुले जनस्तरबाटै काम थालनी गर्ने प्रतिवद्धता जनाएका छन् ।

सम्बन्धित् समाचार